८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पोखरा महानगरको मेयरमा एमालेबाट कृष्ण थापा, दीपक पाैडेलको टिकट खोसियो

१२ वैशाख, काठमाडाैँ । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उम्मेदवार बनाएको छ । एमालेले दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार भएकी छिन ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङको हठले यसअघि थापलाई टिकट नदिएर पाैडेललाई टिकट दिने निर्णय एमाले सचिवालयले गरेको थियो । स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका थापा यसअघि कास्की जिल्ला कमिटीका अध्यक्ष समेत हुन ।

पोखराका लोकप्रिय व्यक्तित्व थापाले टिकट पाएसँगै एमालेभित्र उत्साहको सञ्चार देखिएको छ । एमाले कार्यकर्ताले समाजिक सञ्जालमा थापाको नाममा उम्मेदवारी पर्ने भएपछि खुशी व्यक्त गरेका छन । गुरूङ र अधिकारीको जुँगाको लडाइँका कारण पोखरा झण्डै एमालेले गुमाउने अवस्था सिर्जना भएको थियो ।

प्रकाशित मिति : April 25, 2022 at 9:01 am