मध्यरातमा रामकुमारीको रोदनः गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन, एक दिन हिसाब हुन्छ
११ वैशाख, काठमाडौँ । सहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मध्यरातमा फेसबुक मार्फत गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको दुखेसो गरेकी छिन । देशैभर समाजवादीलाइ बाहिर राखेर कांग्रेसको माओवादीकोबीचमा मात्र गठबन्धन हुन थालेपछि झाँक्रीले यस्तो बताएकी हुन ।
आइतबार राति उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’
यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगरपालिका र उपमहानगरपालिकको तालमेलबाहेकमा अपमान भएको भन्दै दुखेसो गरेका थिए । उनले पटक पटक अपमान नगर्न चेतावनी समेत दिँदै आएका छन ।

प्रकाशित मिति : April 24, 2022 at 11:55 pm









