१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

बैंकिङ कसुर मुद्दाकी फरार अधियुक्त काठमाडौंबाट पक्राउ

 ११ वैशाख, लमजुङ । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले ४४ लाख ९१ हजार ९ सय जरिवाना र कैद सात दिन सजाए भई फरार रहेकी लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भएकी ४१ वर्षीया विमला बर्दियालाई काठमाडौं प्रहरीको समन्वयमा शनिबार पक्राउ गरिएको हो ।

विमला हाल काठमाडौंमा लुकेर बसिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर उच्च अदालत पाटनले २०७८ पुस २६ गते र २०७७ फागुन १७ गतेको फैसला अनुसार आइतबार लमजुङ जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रकाशित मिति : April 24, 2022 at 6:30 pm