१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

गोरखनाथ मन्दिरमा पुगेर भ्रष्टारचार गर्दिँन भनेर कससम खाएपछि मात्र मनोनयन दर्ता

११ वैशाख, गोरखा । राप्रपा गोरखाले आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने भएको छ । भोलि बिहान गोरखाको गुरु गोरखनाथको मन्दिरमा लगेर आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने पार्टीका उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए ।

उनले भने, ‘टिक लिने बेलामा पनि भ्रष्टाचार गर्दिँन भनेपछि मात्रै हामी दिन्छौँ । भोलि बिहान गोरखनाथको मन्दिरमा लगेर म यदी जनप्रतिनिधि पदमा जितेर आएँ भने भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्रै मनोनयन दर्ता गराउने तयारी गरेका छौँ ।’

उनका अनुसार भोलि विहान ९ बजे मन्दिरमा कसम खुवाउने कार्यक्रम छ । त्ययलगत्तै दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराईसक्ने उनले बताए । ‘चुमनुव्रीमा उमेद्वार भएपनि हामीले टिकट पुर्याउन सकेनौँ । अन्य ११ वटा स्थानीय तहमध्य सबैमा हाम्रा उमेद्वार रहनेछन् । उहाँहरु सबैले भोलीसम्म उमेद्वारी दर्ता गरिसक्नुहुन्छ’, उनले भने

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १८:१६