२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

११ वैशाख, हेटौंडा । सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

बैठकबाट मकवानपुरका बाँकी ९ स्थानीय तह मध्ये पाँच वटा पालिकाको प्रमुख कांग्रेसले पाउने सहमति भएको हो । तीन वटा पालिकामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादीले अध्यक्ष पाउने भएको छ ।

कांग्रेसले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा माओवादी केन्द्रले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा एकीकृत समाजवादीले ईन्द्रसरोबर गाउँपालिका पाउने सहमति भएको हो ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका, बागमती गाउँपालिका पाउने छ भने नेकपा माओवादीले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका पाउने सहमति भएको छ । नेकपा एसले कुनै पनि पालिकाको उपप्रमुख पाएको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १७:४३