१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

११ वैशाख, काठमाडाैं । सेयर बजार नेप्से आइतबार हरियाली छाएको छ । हरियाली छाएको नेप्से आइतबार एकैदिन ९६ अंकले बढेको छ। केही महिनादेखि निरन्तर घटेको सेयर बजार बजारमा आइतबार एकैदिन ४.११ प्रतिशतले वृद्धि भएर नेप्से परिसूचक २४ सय २० दशमलव ९७ बिन्दुमा पुगेर बन्द भएको छ ।

सेयर बजारमा उछाल आउँदा कारोबार रकममा समेत वृद्धि भएको छ । नेप्सेमा बुधबार ६६ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबारको कारोबार रकम भन्दा करिब ९० करोड रुपैयाँभन्दा बढी हो ।

बिहीबार नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको थियो । लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्सका सेयर धनीले मनग्य नाफा कमाएका छन् । लाईफ इन्स्योरेन्स परिसूचकमा ४ सय २३ अङ्कले बढेर १३ हजार ३५ बिन्दुमा पुगेको छ भने र नन् लाईफ इन्स्योरेन्स परिसूचक ४ सय ३४ अङ्कले बढेर १० हजार ९ सय ६१ अङ्कमा पुगेर बन्द भएको छ ।

बजारमा १९३ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने एउटा मात्र कम्पनी नेस्टो लघुवित्तका सेयर धनीले गुमाएका छन् । नेप्सेमा १० कप्पनीको सेयर मूल्यमा सर्किट लाग्दा ३६ कम्पनीले ९ प्रतिशत भन्दा बढी नाफामा कारोबार भएको छ।

प्रकाशित मिति : April 24, 2022 at 5:39 pm