८ असार २०८३, सोमबार | Mon Jun 22 2026

धनगढी उपमहानगरको मेयरमा कांग्रेसबाट पुनः वड

१० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली कांग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ । हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले बताए ।

सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ नगरसभापति उपाध्यायले भने, ‘आजसम्म वडा अध्यक्षको उम्मेदवारी पनि टुंगो लगाउने छौं ।’

विसं २०७४ सालमा मा सम्पन्न स्थानीयतहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मत अन्तरले पराजित गर्दै विजयी भएका थिए । यसअघि धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । नेकपा एमालले भने अहिलेसम्म उम्मेदवारी टुंगो लगाएको छैन ।

प्रकाशित मिति : April 23, 2022 at 10:27 am