महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे
१० वैशाख, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आब्हान गरेको छ । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे अपरान्ह बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाईएको छ । मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखी उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।
प्रकाशित मिति : April 23, 2022 at 10:19 am









