७ असार २०८३, आइतबार | Mon Jun 22 2026

कांग्रेसले १७ पालिकाबाहेक आफू कमजोर रहेका पालिकामा मात्र तालमेल गर्ने

७ वैशाख, काठमाडौँ । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति छ ।

सहमतिअनुसार कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ । माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।

गठबन्धनले १७ वटा पालिकामा भागवण्डा टुंग्याउँदै बाँकीमा स्थानीय समितिहरूले सहमति नगरे प्रतिस्पर्धा हुने अर्को महत्वपूर्ण सहमति पनि गरेको छ । पाँच दलीय सहमतिमा भनिएको छ, ‘पाँच दलीय गठवन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्वन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट भाडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठवन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो ।’

यसअघि नेपाली कांग्रेसको केन्द्रीय कमिटीले कांग्रेसको जनमत कमजोर भएको स्थानीय तहमा मात्र गठबन्धन गर्ने निर्णय गरेको थियो । उनीहरूले त्यसका लागि स्थानीय आवश्यकता र वस्तुस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेका थिए । कांग्रेसको सोही नीति अनुसार धेरै जिल्लामा जिल्लास्तरीय संयन्त्रमै सहमति गराइ कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने निर्णय गरिरहेको छ ।

बुधबार भएको सहमतिको पूर्णपाठ :

आज मिति २०७९/०१/०७ गते पाँच दलीय गठवन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बस्यो । बैठकले २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरूको प्रमुख र उप–प्रमुख पदमा तपसिल बमोजिमका दलहरूले तपसिल बमोमिको पदमा उम्मेदवार दिने सहमति गर्यो । सहमति बमोजिम गर्न गराउन आ–आफ्ना राजनीति दलका निकायहरूलाइ निर्देश गरिन्छ ।

तपसिल

नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू

१. काठमाडौं २. ललितपुर ३. विराटनगर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू

१. वीरगञ्ज २. भरतपुर ३. पोखरा

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. धरान २. इटहरि ३. कलैया ४. बुटवल ५. तुलसिपुर ६. नेपालगंज ७. धनगढी

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जितपुर सिमरा २. घोराही ३. हेटौडा

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. भरतपुर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. ललितपुर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जितपुर सिमरा २. घोराही

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. धरान २. धनगढी

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. पोखरा

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. काठमाडौं

प्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिका

१. हेटौडा

उपप्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिकाहरू

१. इटहरी २. बुटवल ३. तुलसिपुर

जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. वीरगञ्ज

उपप्रमुख पदमामा उम्मेदवारी दिने महानगरपालिका

१. विराटनगर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जनकपुर

उपप्रमुख पदमामा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. कलैया २. नेपालगञ्ज

पाँच दलीय गठवन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्वन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट भाडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठवन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझादारी भयो ।

प्रकाशित मिति : April 20, 2022 at 6:17 pm