भागबण्डामा कुरा नमिलेपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियाे
५ वैशाख, काठमाडाैँ । चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएकाे छ । नेताहरुले बैठक सकारात्मक भएको जिकिर गरेपनि कुनै ठोस सहमति भने नभएको बताएका छन् ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको भागबण्डामा कुरा नमिलेपछि कारण सहमति नभएको हो । बैठक मंगबार विहान ११ फेरि बस्नेगरि स्थगित भएको बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।
प्रकाशित मिति : April 18, 2022 at 6:50 pm









