७ असार २०८३, आइतबार | Mon Jun 22 2026

कास्की कांग्रेसले पोखराको मेयर दाबी गरेको नेकपा एससँग गठबन्धन नगर्ने

५ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरमा मेयर दाबी गरेको नेकपा एकिकृत समाजवादीसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । साेमबार जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ति जारी गर्दै नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा सहमतिका लागि भरपुर प्रयत्न गर्दा पनि सम्भव नभएपछि नेकपा एससँग गठबन्धन गरेर चुनावमा जान नसकिने निष्कर्ष निकालिएको उल्लेख गरिएकाे छ । चुनावी तालमेलका लागि अन्य दलसँग छलफल गर्न सकिए पनि अस्वभाविक दावीका कारण नेकपा एससँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुको विकल्प नभएको कास्की कांग्रेसको ठहर छ । नेकपा एसले गठबन्धन हुँदा पोखरा महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ ।

 

प्रकाशित मिति : April 18, 2022 at 3:35 pm