७ असार २०८३, आइतबार | Mon Jun 22 2026

कांग्रेस अछामका तीन पालिकाद्धारा सत्ता गठबन्धनको निर्णय अस्वीकार

-कल्पना बोहरा

४ वैशाख, अछाम । सत्ता गठबन्धनले स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिकाे बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियाे रहेकाे क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसकाे जनाधारकाे कदर हुनेगरी निर्णय लिइएकाे बताए । तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेकाे थिएन ।

प्रकाशित मिति : April 17, 2022 at 8:21 am