२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

यातायात कार्यालय स्वयम्भूका देवेन्द्र गोइत र नारायण श्रेष्ठ घुससहित पक्राउ

१ भदाै, काठमाडाैँ । यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भु काठमाडौंमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक(निजी) नारायण श्रेष्ठ घुससहित पक्राउ परेका छन ।

ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीहरुबाट राजश्व रकम बाहेक थप रकम घुस/रिसवत वापत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौंबाट खटिइ गएको टोलीले गोइत र श्रेष्ठलार्इ १६ हजार घुससहित पक्राउ गरेको हो ।

अायोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार पक्राउ परेका दुबैलार्इ अख्तियारको हिरासतमा राखेर थप अनुसन्धानको काम भैरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १६:१७