७ असार २०८३, आइतबार | Mon Jun 22 2026

वैशाख ४ सम्म स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन गठबन्धनको निर्देशन

२९ चैत, काठमाडौँ । सत्ता गठबन्धनका दलहरुको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन निर्देशन दिएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले समय थप गरेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए ।

सिटाैलाका अनुसार बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न सकिएको छैन । स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटक समय थप गरिएको थियो ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस, सहयात्री दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका छन् तर चुनावी तालमेलका लागि सिट बाँडफाँट गर्न गठबन्धनलाई सकस परिरहेको छ ।

प्रकाशित मिति : April 12, 2022 at 8:23 pm