७ असार २०८३, आइतबार | Mon Jun 22 2026

एमालेबाट हेटौंडाको मेयर र उपमेयरमा तीन/तीन जनाको नाम सिफारिस

२९ चैत, हेटौंडा । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३/३ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले सर्वसहमतिमा उम्मेदवार टुंगो लगाउन नसकेपछि ३/३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

मेयर पदमा अहिलेका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र जिल्ला समन्वय समिति मकवानपुर सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएको छ ।

बुधबार जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाउने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । यदि जिल्लाबाट पनि उम्मेदवार टुंगो लगाउन नसकेको अवस्थामा प्रदेश कमिटीलाई सिफारिस गरिने उनले बताए ।

प्रकाशित मिति : April 12, 2022 at 7:06 pm