पौडी खेल्ने क्रममा नहरमा डुबेर एक युवक बेपत्ता
१ भदौ,नवलपरासी । पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता भएका छन् ।सुस्ता गाउँपालिका–२ सत्पती बस्ने जगनारायण चौधरीको छोरा वर्ष १७ का कमल चौधरी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
उनी नहरमा पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएको र भारतीय पश्चिमी नहरमा पानी धेरै भएका कारण चौधरीको खोजी गर्न कठिन भएको बेलाटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनुभयो ।
प्रकाशित मिति : August 17, 2018 at 10:52 am









