१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

बिग्रँदो आर्थिक अवस्थाको वेवास्ता गरेर सरकार तस्करी र कार्यकर्ता भर्तीमा रमायोः खतिवडा

२७ चैत, काठमाडाैँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गठबन्धन सरकार भागबण्डामा रमाइरहेको आरोप लगाउँदै बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको बताएका छन । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको  पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता समेत रहेका खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको आरोप लगाए ।

तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको आरोप लगाए । खतिवडाले भने, ‘आफ्नो मान्छे, तस्कर तथा विचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ त्यसतर्फ सरकारको ध्यान गएको छैन । आफ्नो मान्छे कहाँ नियुक्ति गर्ने भन्ने मात्रै ध्यान केन्द्रित छन् ।’

सम्पती शुद्धीकरण जस्ता समस्यामा डुबेको सरकारले थप शंकाको रुपमा रहेको आयातित पैसामा अर्थमन्त्रीले नै राष्ट्र बैँकमाथि हस्तक्षेप गरेर स्वीकृत दिन लाग्नु दुःखको कुरा रहेको उनले बताए ।

 

प्रकाशित मिति : 15:06