प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनाेनित
२५ चैत, काठमाडाैँ । प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनाेनित भएका छन् । उनलाई सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ८६ काे उपधारा २ काे खण्ड ख बमाेजिम नियुक्त गरेकी हुन् ।
दाहाललाई राष्ट्रपति भण्डारीले शुक्रबार नियुक्त गरेकी हुन् । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।
प्रकाशित मिति : April 8, 2022 at 8:13 pm









