६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट रुस निलम्बित, नेपाल मतदानमा अनुपस्थित


२४ चैत, काठमाडौँ । रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । संयुक्त राष्ट्र स‌ंघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए । नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २३:१८