११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट

२३ चैत, काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ । नेप्से २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेकाे छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमामा बजार बन्द भएको छ।

बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको काराेबार भएको छ । बजार लगातार घटे पनि होटेल इन्डेक्स २ दशमलब ०२ प्रतिशत र अदर्श शून्य दशमलब ३२ प्रतिशतले बढेको छ ।

बुधबार नेश्डो लघुवित्त १० प्रतिशतले बढेर १५ सय ४५ दशमलव ५ रुपैयाँ, साेल्टी होटेल ३ दशमलब ९९ प्रतिशत बढेर २ सय ३७ र तारागाउँ ३ दशमलब ९४ प्रतिशतले बढ्दा अन्तिम कारोबार तीन सय ६९ रुपैयाँमा भएको छ।

इमर्जिङ नेपालकाे नकारात्मक सर्किट लागेर ११ सय ९० दशमलव ७, ५ दशमलव ४७ प्रतिशतले घट्दा राष्ट्र उत्थान १६६० र बुद्धभूमि ४ दशमलक ०७ प्रतिशत घटेर अन्तिम कारोबार ५६६ रुपैयाँ भएको छ ।

प्रकाशित मिति : April 6, 2022 at 4:05 pm