७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नुवाकोटमा कांग्रेसको उम्मेदवार सिफारिसः कतै कुटाकुट, कतै माओवादीविरूद्ध एकजुट

२२ चैत, नुवाकोट । नेपाली कांग्रेसले नुवाकोटको वडा इकाइबाट वडा अध्यक्ष र सदस्यहरूको नामको सिफारिस गर्ने काम केहीमा बाहेक सकेको छ । नेपाली कांग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रका अनुसार जिल्लाका ८८ वडा मध्ये केहीमा बाहेक सबै वडा र आधाजस्तो पालिकामा समेत उम्मदवारहरूको सिफारिस भएको जानकारी दिए ।

कांग्रेसको उम्मेदवार सिफारिसका क्रममा केही वडामा भने रोचक गतिबिधि भएको छ । जिल्लाको लिखु, शिवपुरी र पञ्चकन्यामा त उम्मेदवार सिफारिसका विषयमा हानाहान नै भएको कांग्रेस स्रोतले जनाएको छ । नुवाकोट शिवपुरी गाउँपालिका–७ सुनखानीमा इकाई सभापति मुकुन्द पाण्डे कुटिएका छन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार चयनमा राम्रा मान्छेलाई छनोट नगरी आफ्ना मान्छेलाई छनोट गरेको भन्दै उनी कुटिएका छन । उनले आफ्ना नातेतार पर्ने अहिलेका वडा अध्यक्ष समेत रहेका माधव भेटवालको नाम सिफारिस गराएका छन । वडा अध्यक्षमा ११ जना आकांक्षी देखिएपनि पाण्डेले भेटुवालको नाम एक नम्बरमा राखेर सिफारि गरेपछि असन्तुष्ट कार्यकर्ताले माईन्यूट च्यातेर कुटपिट गरेका छन ।

त्यस्तै पञ्चकन्या गाउँपालिकामा वडा नम्बर ५ मा उम्मेदवार सिफारिस गर्ने विषयमा कुटपिट नै भएको छ । पञ्चकन्याको २ नम्बर वडामा भने गठबन्धन पनि नगर्ने र माओवादीविरूद्ध एक जुट हुने निर्णय कांग्रेसले गरेको छ । पञ्चकन्या ३  कांग्रेसका प्रभावशाली नेताहरू डा रामशरण महत, डा प्रकाशरण महत, जिल्ला सभापति रमेश महत र जिल्ला सचिव वैकुण्ठ मिश्रको गृह वडा हो ।

प्रकाशित मिति : April 5, 2022 at 10:23 pm