३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

सनराइज बैंकको १ लाख ९५ हजार ७ सय ५६ कित्ता संस्थापक सेयर बिक्रीमा

२१ चैत, काठमाडाैँ । सनराइज बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी भरतकुमार श्रेष्ठले आफ्नो नामम रहेको १ लाख ९५ हजार ७ सय ५६ कित्ता संस्थापक सेयर बिक्रीको लागि निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय ४५ रूपैयाँ तोकिएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मिति आज (चैत २१ गते) देखि ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि बैंकको केन्द्रीय कार्यालय गैर्हिधारा, काठमाडौँमा निवेदन दिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : April 4, 2022 at 12:12 pm