७ असार २०८३, आइतबार | Sun Jun 21 2026

स्थानीय निर्वाचनको मतपत्रमा नेकपा एमालेको सूर्य एक नम्बरमा

२१ चैत, काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतपत्रमा नेकपा एमालेको सूर्य एक नम्बरमै रहने भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा राखेर निर्वाचन आयोगले मतपत्र छपाइको काम सुरू गर्न लागेको छ ।

अघिल्लो निर्वाचनको मत परिणामका आधारमा एमालेको सूर्य एक नम्बरमा रहन लागेको हो । मतपत्रमा नेपाली कांग्रेसको ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गरेको छ ।

नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी ९लोपाका०को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने छ ।

प्रकाशित मिति : April 4, 2022 at 11:41 am