३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल

२१ चैत, काठमाडाैँ । एन आई सी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाल चयन भएका छन । एन आई सी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभाबाट चुनिएका सञ्चालकहरूको बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।

बैंकको सञ्चालकमा अध्यक्ष अग्रवालसहित त्रिलोक चन्द अग्रवाल, रामचन्द्र संघई संस्थापक सेयरधनीको तर्फबाट निर्वाचित भएका छन भने सर्वसाधारण सेयरधनीको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्वाचित भएका छन । त्यस्तै बैंकको स्वतन्त्र सञ्चालकमा बिजया स्वार निर्वाचित भएकी छिन ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रकाशित मिति : April 4, 2022 at 8:05 am