१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

३१ अंकले घट्यो नेप्से, कारोबार रकम झन्डै डेढ अर्ब

२० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३।४१ मा आएर बन्द भएको छ। लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न। बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त ९१००, इमरजीन नेपाल ९९।९९० नेश्डो लघुबित९९।९९० प्रतिशतले बढेका छन्।

प्रकाशित मिति : April 3, 2022 at 4:18 pm