अनेरास्ववियुले ओली सरकारका १०१ जनमुखी कामहरु समेटेर निकाल्यो पुस्तक
२० चैत, काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका कामहरू समेटेर पुस्तिका निकालेको छ।
अनेरास्ववियु केन्द्रीय कमिटीले ‘अनेरास्ववियु निर्वाचन सचेतना पुस्तिका’ निकालेको हो। पुस्तिकाभित्र ओली सरकारले गरेका १०१ काम र निर्वाचन तथा यससँग सम्बन्धित कानुनी प्रावधान समेटिएको अनेरास्ववियुको केन्द्रीय कार्यालयले जनाएको छ।
प्रकाशित मिति : April 3, 2022 at 1:40 pm









