एमालेले सूर्यबाहेकको चिन्हमा भोट माग्दैनः प्रमुख सचेतक भट्टराई
१३ चैत, खोटाङ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले सूर्यबाहेकको चिन्हमा भोट नमाग्ने बताएका छन । गृह जिल्ला खोटाङमा रहेका भट्टराईले एमालेले अन्य दलसँग गठबन्धन पनि नगर्ने र सूर्य चिन्ह भन्दा बाहेकमा भोट पनि नमाग्ने स्पष्ट पारे ।
उनले जस्तोसुकै गठबन्धन भए पनि एमाले एक्लै चुनाव लड्ने बताए । भट्टराईले पाँच दलसँग अन्य दलहरू मिलेर एकजुट भए पनि एमाले एक्लै चुनाव लड्न तयार रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको एमाले बलियो छ एक्लै लड्न सकिँदैन, त्यसैले हामी मिलौँ’ भन्ने भनाइ प्रति लक्षित गर्दै भट्टराईले भने ‘पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्रीज्यू अरू पनि छरिएका कोही छन् भने मिलाउनुहोस् एमाले एक्लै लड्न तयार छ ।’
प्रकाशित मिति : March 27, 2022 at 8:36 pm









