माधव नेपालको गुनासो, नुवाकोट र गुल्मीमा त्यत्रो पार्टी प्रवेश गराएँ कसैले समाचार नै लेखेनन्
१३ चैत, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भए पनि प्रचार नभएको भन्दै गुनासो गरेका छन । पार्टी निकटका पत्रकारहरूको भेलामा उनले नुवाकोट र गुल्मीको नामै लिएर त्यतिधेरै मान्छे पार्टी प्रवेश गर्दा पनि समाचार नबनेको गुनासो गरे ।
उनले पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरे । यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् । उनले पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे ।
प्रकाशित मिति : March 27, 2022 at 11:14 am









