७ असार २०८३, आइतबार | Sun Jun 21 2026

देउवालाई चितवन कांग्रेसको सन्देशः भरतपुरमा माओवादी बोक्न सक्दैनौँ र बोक्दैनौँ

१३ चैत, चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावमा माओवादीलाई सहयोग नगर्ने बताएका छन । भरतपुरमा पत्रकारहरुसित कुरा गर्दै उनले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताए ।

‘भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं । चितवनमा गठबन्धन चाहिँदैन, हामी एकल रुपमा जित्छौं । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं,’ उनले भने। खनालले नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी नभएको बताउँदै विगतमा भएको गठबन्धन पनि प्रभावकारी नभएको दाबी गरे ।

अघिल्लो चुनावमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु पत्रपत्र च्यातेर पुनः मतदान गराइ मेयरमा विजयी भएकी थिइन । ‘विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो । त्यसले, केही फाइदा भएन,’ उनको भनाइ छ, ‘कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसँगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ ।’

प्रकाशित मिति : March 27, 2022 at 10:42 am