७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमालेका अघि गठबन्धनविना चुनाव जितेर देखाउन कांग्रेस नेतालाई सभापति देउवाको चुनाैति

११ चैत, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले नेकपा एमालेका अघि गठबन्धनविना चुनाव जितेर देखाउन कांग्रेस नेतालाई चुनाैति दिएका छन । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने स्पष्ट पारे । देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको दृष्टान्त राखे ।

उनले बैठक भने ‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन। जहिले हारेको हारेइ। कहिले जित्दा पनि जित्दैन । मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला ।’ उनले नेकपा (एमाले) लाई हराउन गठबन्धन बनाउनुकाे विकल्प नरहेको बताए।

उनले गठबन्धनबिना चुनाव जित्छु भन्नेहरूलाइ चुनाव नजिते के गर्नुहुन्छ भन्दै प्रतिश्न समेत गर्दै भने ‘ओलीको आतंक यति चाँडै बिर्सने’ देउवाले भने, ‘गठबन्धन बिना चुनाव जितेर देखाउनु। जितेन भने मैले जान्या छु। जितेन भने के गर्नु हुन्छ ?’

प्रकाशित मिति : March 25, 2022 at 8:35 pm