नेकपा माओवादीका केन्द्रीय नेता शेर्पा एमालेमा, ओलीले गरे स्वागत
९ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव नाम्गेल शेर्पा नेकपा ९एमाले०मा प्रवेश गरेका छन् । रामेछाप घर भएका शेर्पा मंगलबार एमालेको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर एमाले प्रवेश गरेका हुन । उनी विद्यार्थीकालमा एमालेमै रहेको भए पनि पछि माओवादीमा सक्रिय भएका थिए । सोही कार्यक्रममा माओवादीका अर्का केन्द्रीय नेता एवं पर्सा जिल्ला इन्चार्ज बाबुराम कौशिक, वाइसिएल संयोजक चन्दन रौनियार लगायत पनि एमाले प्रवेश गरेका छन ।
प्रकाशित मिति : March 23, 2022 at 11:28 am









