७ असार २०८३, आइतबार | Sun Jun 21 2026

“घर घर जाँऊ कांग्रेस जिताऔँ” अभियान सुरू गर्न ८८ वडामा एकैपटक बैठक गर्दै नुवाकोट कांग्रेस

६ चैत, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले “घर घर जाँऊ कांग्रेस जिताऔँ” अभियान सुरू गर्न जिल्लाका ८८ वडा समितिको बैठक एकै बैठक गर्ने भएको छ । चैत ७ गते सोमबार जिल्लाका सबै वडामा बैठक बस्ने गरी तयारी गरिएको जिल्ला सभापति रमेशकुमार महतले जानकारी दिए । “घर घर जाँऊ कांग्रेस जिताऔँ” भन्ने सप्ताहव्यापी अभियान सफल पार्नका लागि वडाले नै कार्ययोजना बनाउनुपर्ने भएकाले बैठक राखिएको सभापति महतले बताए । कांग्रेसले पछिल्लो समय स्थानीय निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : March 20, 2022 at 9:46 pm