७ असार २०८३, आइतबार | Sun Jun 21 2026

झलनाथ खनालमाथि नेम्वाङको व्यंग्य, कमरेड जन्तरे हो कि अन्तरे नाम चाहिँ थाहा छैन

६ चैत, इलाम । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन ।

‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे ।

उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई–मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’

प्रकाशित मिति : March 20, 2022 at 4:01 pm