१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

ओली सरकारले गरेको संवैधानिक नियुक्ति सर्वोच्चले खारेज गर्दैछः नेता बाँस्कोटा

६ चैत, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले सर्वोच्च अदालतले दुरगामी तर तनावपुर्ण निर्णय सार्वजनिक गर्ने तयारी गरेको संकेत दिएका छन । सामाजिक सञ्जाल मार्फत आइतबार बिहान उनले भनेका छन, ‘एउटा दुरगामी तर तनावपुर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्न्छ। त्यो हो ( स्वतन्त्र न्यायपालीकाको अन्त्य जस्को प्रयोग संबैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का।’

प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि महाअभियोग लागे लगत्तै दैनिकीले परमादेशमा सहभागी अन्य न्यायाधीशले पहिलो निशाना ओली सरकारले गरेका संवैधानिक नियुक्तिमा बनाउन लागेको विषय समाचार मार्फत सार्वजनिक गरेको थियो । दैनिकीले फागुन २ गते नै ‘कार्कीका दुई मिसनः हत्या मुद्दामा सापकोटालाई सफाइ र ओली सरकारको संवैधानिक नियुक्ति खारेज’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यस्तै चैत ४ गते ‘देउवा-प्रचण्डको सेटिङले काम गरे ओली सरकारले गरेका संवैधानिक नियुक्ति खारेज हुने !’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

 

प्रकाशित मिति : March 20, 2022 at 11:08 am