७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था रहेनः अध्यक्ष प्रचण्ड (भिडियोसहित)

६ चैत, पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका छन । आइतबार पोखरामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बाेल्दै प्रचण्डले अब माओवादी कार्यकर्ताले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका हुन ।

उनले गठबन्धन हुनसक्ने गरी तालमेल गर्ने सम्भावना जिवितै रहेको भए पनि पुरै विश्वस्त हुन सक्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहको चुनावमा गठबन्धनको वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने प्रष्ट पारे । प्रचण्डले माओवादी गठबन्धनभन्दा पनि आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जान तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : March 20, 2022 at 9:36 am