७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पूर्व लडाकुको कालोझण्डा हेरेपछि प्रचण्डले भने, माओवादीले हार्ने चुनावको अर्थ हुँदैन

५ चैत, सिन्धुली । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सिन्धुलीमा पूर्व लडाकू र द्धन्द्ध पीडितको कालोझण्डाको सामाना गरेका छन ।

उनलाई माओवादीकै कार्यकर्ताले कालो झण्डा देखाएका हुन । परिवर्तनका नाम आफू र आफ्ना नजिककाहरूको मात्र जीवनमा परिवर्तन ल्याएको भन्दै कार्यकर्ताले कालो झण्डा देखाएका हुन ।

त्यसपछि सिन्धुलीको पार्टी कार्यालय उद्घाटन गर्दै प्रचण्डले माओवादीले हार्ने चुनावको कुनै अर्थ नहुने भन्दै चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए । युद्धकै शैलीमा चुनावी तयारी गर्न र जसरी पनि चुनाव जित्ने अवस्था तयार गर्न निर्देशन दिँदै उनले भने, ‘जसले परिवर्तन ल्याएको त्यसले हार्ने, अनि जो परिवर्तन विरोधी हो त्यसले जित्ने पनि चुनाव हुन्छ ?’

प्रकाशित मिति : March 19, 2022 at 4:02 pm