१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा चैत २५ मा बस्ने

४ फागुन, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको चैत्र ३ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार केन्द्रिय कार्यलय कटहरी २, मोरङमा १०ः३० बजे बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८–०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले लघुवित्तको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट बृद्धि गरी २ अर्ब रुपैयाँ पुर्याउने र जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने छ । अर्ब पुयाउने ।

साथै, सभाले कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने–गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

प्रकाशित मिति : March 18, 2022 at 11:51 am