२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सिन्धुलीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

३ चैत, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट बुधबार राति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

प्रकाशित मिति : March 17, 2022 at 6:25 pm