पर्साको पोखरियाका वडाध्यक्षसहित ५५० जना कार्यकर्ता र समर्थक एमालेमा प्रवेश (तस्वीरसहित)
१ चैत, भक्तपुर । पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधि एमालेमा प्रवेश गरेका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिमानन्द चौहानकाे नेतृत्वमा ५५० जना कार्यकर्ता र समर्थक एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्नका निम्ति पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधि काठमाडौँ आएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष चौहान, समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोदेखि ८० वर्षीया ठगिया देवी पासवानसम्मलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

वडाध्यक्षको नेतृत्वमा जसपाका नेता–कार्यकर्ताहरु पर्साबाट एमालेमा प्रवेशका निम्ति पाँचवटा बसमा काठमाडौँआएका युवा संघले जनाएकाे छ ।

प्रकाशित मिति : March 15, 2022 at 4:47 pm









