स्थानीय तहको निर्वाचनको तयारीमा एमाले
३० फागुन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्ययोजना निर्माणमा जुटेको छ । पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीत गर्ने गरि बनाउन लागिएको कार्ययोजनामा छलफल भएको एमालेले जनाएको छ ।
बैठकमा मंगलबार तीन बजे बस्ने पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको छ । सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरु सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरु आयोजना गरेर सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीय गर्ने तयारी एमालेले गरेको छ ।
पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका लागि बैठक बोलाएको छ भने केन्द्रीय कमिटी बैठकअघि मंगलबार सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने तय भएको छ ।
प्रकाशित मिति : March 14, 2022 at 5:09 pm









