७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रकाश सपुतको गीतले वास्तविकता बोलेको प्रचण्डले पनि स्वीकार गरे (भिडियोसहित)

३० फागुन, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीतले वास्तविकता बोलेको बताएका छन ।

माओवादीकै नेता र कार्यकर्ताले विभिन्न संगठनहरुको प्रयोग गरेर गाय सपुतलाइ धम्की दिइरहेको परिप्रेक्षमा सोमबार अध्यक्ष प्रचण्डले गीतको बारेमा चर्चा गर्दै माओवादी लडाकूहरूले देखेको सबै सपना पुरा हुन नसेको बताएका हुन ।

सुदुरपश्चिमको सदरमुकाम धनगढीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धकालमा महिलाले वीरता र कीर्तिमान कायम गरेको बताए । उनले गीत संगीतको विषयमा कोही पनि उत्तेजित हुनु आवश्यक नभएको बताए । बाँकी प्रचण्डको भिडियोमा हेर्नसक्नुहुन्छ । प्रचण्डले गीतका बारेमा बोल्न थालेपछि उनको लाइभ भने काटिएको थियो ।

 

प्रकाशित मिति : March 14, 2022 at 10:01 am