कांग्रेस र एमाले दुबैलाई रछ्यान पुर्याउने भन्दै प्रचण्डले फेरि दिए युद्धको धम्की
२५ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि युद्धको धम्की दिएका छन । बुधबार पार्टीको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलामा सम्बोधन गर्दै प्रचण्डले यस्तो धम्की दिएका हुन । उनले चुनावको तयारी पनि युद्धको शैलीमा गर्न निर्देशन दिएका छन ।
गोदाबरी जंगलको बीचमा केपी शर्मा ओली नेतृत्वको सरकारले बनाइदिएको सनराइज हलमा भएको कार्यक्रममा उनले हेपेर नबोल्न नेपाली कांग्रेसका नेता कार्यकर्तालाई समेत चेतावनी दिएको माओवादी स्रोतले बताएको छ ।
उनले बैठकमा भने, ‘पोहोरदेखि जाग्न थालेका छौं, अब पूरै जाग्नु पर्नेछ । चुनावमात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नुपर्छ ।’ प्रचण्डले गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई सत्तामा आफूले पुर्याइदिएको भन्दै भन्दै कांग्रेस र एमाले दुबैलाई एकै पटक रछ्यान पुर्याउने चेतावनी दिए ।
प्रकाशित मिति : March 9, 2022 at 8:46 pm









