कास्की माओवादीमा पहिरो, हिमालसहित रहरलाग्दा ९ कमाण्डरले एकै पटक छाडे पार्टी
२४ फागुन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको कास्की संगठनमा पहिरो चलेको छ । जनयुद्धको समयदेखि माओवादी भनेर हिडेँका मोहनप्रसाद दवाडी हिमालसहित ९ नेताले एकै पटक पार्टी परित्याग गरेका छन ।
पार्टी भित्र गुटबन्दी बढेको र अहिलेकै नेतृत्वले कुनै निकास दिन नसक्ने निष्कर्ष उनीहरूले निकालेका छन । पार्टी छाड्नेमा दवाडीसहित टीकाराम पाैडेल, माधवशरण पाैडेल, तीर्थराज देवकोटा, कविराज बाँस्तोला, शिव परियार, लेखनाथ पाैडेल, निरेश अधिकारी र दुर्गाप्रसाद पाैडेल रहेका छन । उनीहरूले अब वामपन्थीको रूपमा समाजसेवामा मात्र क्रियाशिल हुने बताएका छन ।

प्रकाशित मिति : March 8, 2022 at 8:57 pm









