६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

अष्ट्रेलियामा कुकुरले सुघेर कोरोना पत्ता लगाउने


२४ फागुन, एडिलेड । अष्ट्रेलियाको एडिलेडमा कोरोना संक्रमितलाई कुकुरले सुघेर पत्ता लगाउने भएको छ । एडिलेड एयरपोर्टमा सफल परीक्षण पछि पीसीआर परीक्षणको एक दिन अघि देखिका भाइरस पत्ता लगाउन सक्ने स्निफर कुकुरहरू चाँडै स्वास्थ्य सेवाका क्षेत्रहरु प्रयोग गर्न सकिने बताएको छ |

स्थानिय एबिसी रेडियोसंग कुरा गर्दै एडिलेड विश्वविद्यालय डिटेक्टर कुकुर कार्यक्रमका प्रमुख अन्वेषक एनी-लिसे चेबर सो कुरा बताएका हुन । उनले कुकुरहरूले गर्ने परिक्षण पिसिआर परीक्षण भन्दा कम सटीक हुने तर कोरोनाका लागि ठूलो भीडलाई निगरानी गर्न प्रयोग गर्न सकिने बताए ।

प्रमुख अन्वेषक चेबरले संक्रमितको पसिनाको गन्धबाट पिसिआर परिक्षण गर्नु भन्दा एक दिन अगाडि देखि छ दिनसम्म पत्ता लगाउने जानकारी दिए । उनले साउथ अष्ट्रेलियाको स्वास्थ्य विभागको सम्वन्यमा अनुसन्धान भैरहेकाले आगामी दिनमा कहा पठाउने उसको निर्देशनमा भर पर्ने वताउदै विद्यालयहरुमा पनि राख्न सकिने जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १४:४३