११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भोलि

२३ फागुन, काठमाडाैँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट फागुन २२ गते आइतबार सम्पन्न भएको छ ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो । कम्पनीको आईपीओ भोली फागुन २४ गते मंगलबार बाँडफाँड हुने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले कप्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र १० कित्ता सेयर पाउनेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १०:५९