११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

चिलिमे जलविद्युत् कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

२३ फागुन, काठमाडाैँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । स्टकका अनुसार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस बापतको ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट सेयरधनीहरुका लागि चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १०:५६