११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

२२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ८४ पैसा र बिक्री दर १६२ रुपैयाँ ६४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९० रुपैयाँ छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ छ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २५ पैसा र बिक्री दर १९ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १० पैसा छ भने बिक्री दर २९ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार ११:०९