९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाल लाइफद्धारा मृत्यु दाबी बापत ५ लाख ५० हजार र घातक रोग बापत ५ लाख भुक्तानी

१७८ फागुन, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ५० हजार बीमा रकम दाबी भुक्तानी गरेको छ । कम्पनीको बेनी उपशाखाले पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी उनको हकवाला छोरा रमेश परियारलाई उक्त रकम रकम भुक्तानी गरेको हो ।

बीमाङ्क तथा बोनस रकम सहित पाँच लाख ५० हजारको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । त्यस्तै नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा बीमा गरेका रगुगंगा गाउँपालिका–२, स्थायी घर भई बेनी नगरपालिका–८ बस्ने जीतबहादुर खत्रीलाई घातक रोग सुबिधा बापतको ५ लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ ।

११ महिना अगाडी जीबन बिमा खरिद गरेका खत्रीलाई प्याारालाईसिस भएपछी मंगलबार उनकै निवासमा पुगी कम्पनीका उपशाखा प्रमुख प्रकाश रेग्मीले चेक हस्तान्रण गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ११:२५