१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपाका अध्यक्ष प्रचण्ड पहिला भारत र त्यसपछि लगत्तै चीन जाने, यस्तो छ भ्रमण तालिका

२५ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको मिति तय भएको छ । अध्यक्ष प्रचण्डले पहिला भारत र त्यसपछि चीनको भ्रमण गर्ने तय भएको हो ।

प्रचण्डले आगामी भदौं २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ गते एक साता लामो चीन भ्रमणमा जाने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भारत भ्रमणका क्रममा प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट छलफल गर्ने तय भएको छ । केही समय अघि चितवनमा आयोजित एक कार्यक्रमा प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने उद्घोष गरेका थिए ।

 प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको बताएका थिए । अघिल्लो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निम्तो दिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार १८:३२