५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमसीसीबारे संसदमा बोल्न नपाएको एमालेले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दै

१७ फागुन, काठमाडाैँ । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा संसदमा बोल्न नपाएको नेकपा (एमाले)ले पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले पत्रकार सम्मेलन गरेर एमसीसी लगायत पछिल्लो राष्ट्रिय राजनीतिका विषयमा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन । एमाले केन्द्रीय प्रचार विभागका प्रमुख विष्णु रिजालका अनुसार दिउँसो १ बजे रोयल ब्यांकेट तिनकुनेमा पत्रकार सम्मेलन हुनेछ । एमालेले सबै सञ्चारमाध्यमका प्रतिनिधिलाइ पत्रकार सम्मेलनमा निम्तो दिएको छ ।

प्रकाशित मिति : March 1, 2022 at 8:27 am